हराएका ५३ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
सारांश
- काठमाडौं ट्राफिक प्रहरीले विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी धनीलाई हस्तान्तरण गर्यो।
- प्रहरीले काँडाघारी, स्वयम्भू, दरबारमार्ग लगायतका क्षेत्रबाट ती सवारी साधन बरामद गरेको थियो र २९ जनालाई पक्राउ गरेको छ।
- एसएसपी नवराज अधिकारीले सवारी साधन चोरीबाट जोगाउन र हराएमा तत्काल खबर गर्न सुझाव दिए।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समय र स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर धनीहरूलाई जिम्मा लगाएका हुन्।
प्रहरीका अनुसार काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नयाँ बसपार्क, बालकुमारी र थानकोट लगायतका क्षेत्रबाट यी सवारी साधन बरामद गरिएका थिए। फेला परेका कतिपय सवारी साधनमा चोरले नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको थियो। चालु आर्थिक वर्षको साउन यता मात्रै ट्राफिक प्रहरीले २९६ वटा चोरीका सवारी साधन धनीलाई बुझाइसकेको छ।
प्रहरीले सवारी चोरीमा संलग्न २९ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाएको जानकारी समेत दिएको छ।
सवारी साधन फिर्ता पाएपछि खुसी हुँदै धनीहरूले सामूहिक रूपमा प्रहरीलाई धन्यवाद दिएका थिए। एसएसपी अधिकारीले सवारी साधन चोरीबाट जोगाउन एकान्तमा पार्किङ नगर्न र ह्यान्डल लक, डिस्क लकका साथै जिपिएस प्रणाली जडान गर्न सुझाव दिएका छन्।
यदि सवारी साधन हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा खबर गर्न समेत उनले आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण