पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने कांग्रेसकाे योजना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।
कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।
उनले यत्तिकै पाँच हजार रोजगारी नभई कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सृजना गर्ने सङ्कल्प लिएको बताए ।
उनले भने, ’५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसद्मा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे । अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सृजनाहरू छन् । उहाँहरूले सृजना गर्नु भएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नु भएको छ । यसका बारेमा हामी प्रस्ट छौँ ।’
उनले युवाहरूमा अर्को महत्त्वपूर्ण कुरा सीप र सृजनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ’कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन । उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरुरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।’
यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रूपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए । विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढङ्गबाट काम गर्ने वातावरण सृजना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण