रास्वपाका टिकट आकाङ्क्षी राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभा सदस्य टिकट आकाङ्क्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए।
रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
रास्वपाको स्थानीय सङ्गठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौँ ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ । यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले सङ्गठनात्मक रूपमा कांग्रेसलाई लाभ हुने ठानिएको छ ।
दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राणा र केसीलाई सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।
काठमाडौँ ५ बाट महामन्त्री पौडेल कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण