सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न
काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो ।
बाँकी रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । निर्वाचन आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो ।
तोकिएको समय तालिकाभित्र सबै कामहरु सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ । आयोगकी सहायक प्रवक्ता श्रीसले भनिन्,‘हामीले पहिलो हुने निर्वाचन तर्फका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मत पत्र छपाई र प्याकिङको काम गर्यौ । त्यस्तै गरेर समानुपातिक मतपत्र छपाईको काम गर्यौ । जसमा २ करोड ८ लाख ३० हजार मतपत्र छपाईको काम गर्यौैँ । निर्वाचनका लागि मतपत्रहरु सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानीको काम सम्पन्न गरिसकेका छौ । अथवा सम्बन्धित ठाउँमा पुर्याइसकेका छौ । अब बाँकि रहेका ४ वटा प्रदेशमा पठाउने काम भइरहेको र भोली, पर्सी गरेर निर्वाचन आयोगले तयार गरेको कार्यतालिका भित्र नै निर्वाचन सामग्री र मतपत्र ढुवानीको काम पुर्याईसक्ने गरी हामीले काम गरिरहेका छौँ ।’
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाइ गरेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण