दाङमा एमालेको झण्डा जलाइएपछि काठमाडौंमा बालेन शाहको पुत्ला दहन
सारांश
- दाङमा एमालेको झण्डा जलाइएको विरोधमा काठमाडौंमा अनेरास्ववियुले प्रदर्शन गरेको छ।
- रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएको भन्दै अखिलले विरोध जनायो र पुत्ला जलायो।
- अखिलले दोषीलाई पक्राउ गरी कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएको विरोधमा काठमाडौंको आर.आर. क्याम्पस अगाडि विरोध प्रदर्शन भएको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहको पुत्ला जलाउँदै घटनाको विरोध गरेको हो।
_Y0Dr9zf02r.jpg)
बिहीबार दाङमा चुनावी अभियानका क्रममा रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएको र उच्छृङ्खल गतिविधि गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। अराजनैतिक र अराजक गतिविधिमार्फत निर्वाचनलाई बिथोल्न खोजिएको भन्दै अखिलले प्रदर्शनीमार्गमा नाराबाजीसहित पुत्ला दहन गरेको हो। दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे कडा आन्दोलनमा उत्रिने अखिलले चेतावनी दिएको छ।
_9WfF1R7Eu2.jpg)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका कार्यकर्ताहरूबिच देशका विभिन्न स्थानमा विवाद र झडपका घटनाहरू बढ्न थालेका छन्।
_hOuURbvYmg.jpg)
_mIfpyTYoYN.jpg)
_4KCsIESj49.jpg)
_dt0VeQr4rq.jpg)
_lcIRrOqY2I.jpg)
_tVuiWLxoQh.jpg)
_tXYbIv1ugr.jpg)
_HbzvOW89zO.jpg)
_Fz9HzrWoDx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण