प्रतिष्ठाको लडाइँमा ओमानमाथि अस्ट्रेलियाको प्रभावशाली जित
क्यान्डी । टी-२० विश्वकपको अन्तिम समूह चरणको खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो ।
टोलीको जितमा कप्तान मिचेल मार्श नायक बने । उनले अर्धशतकीय पारी खेल्दै मात्र ३३ बलमा ६४ रन जोडे । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
ओपनर ट्राभिस हेडले १९ बलमा ६ चौकाको मद्दतले ३२ रन जोडे । जोस इंग्लिसले १२ रन जोडे ।
यसअघि, ओमान मात्र १०४ रनमा अलआउट भएको थियो । श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा शुक्रबार टस जितेर अस्ट्रेलियाले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमान १६.२ ओभरमा सबै विकेट गुमाउँदै सस्तैमा समेटिएको थियो।
ओमानलाई सस्तोमा रोक्न अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले समान २-२ विकेट हात पारे।
ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
६ पटकको एकदिवसीय र १ पटकको टी-२० विश्वकप विजेता अस्ट्रेलिया यसपटक समूह चरणबाटै बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएपछि जिम्बाब्वे सुपर-८ मा पुग्यो र अस्ट्रेलियाको यात्रा समाप्त भयो। सन् २०२१ को टी-२० विश्वकप विजेता टोली सन् २००९ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।
अर्कोतर्फ, ओमानको प्रदर्शन पनि निराशाजनक रहेको छ। टोलीले आफ्ना चारवटै समूह खेल ठुलो अन्तरले हारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण