१० बजे १० समाचार : चुनावको मुखमा दल परिवर्तनदेखि नेकपाको नयाँ चुनावी रणनीतिसम्म
काठमाडौँ । आज मिति २०८२ साल फागुन महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- चुनावको मुखमा दल परिवर्तन
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तोकेको छ ।
प्रचार प्रसारको समय सुरु भएको ३ दिनमै विभिन्न पार्टीका केन्द्रीय तहका दर्जनभन्दा बढी नेताहरूले पार्टी परिवर्तन गरेर कांग्रेस रोजेका छन् ।
- नेकपाको फेरिएको रणनीति
अघिल्लो निर्वाचनमा परम्परागत शैली अपनाउँदै ठुलठुला चुनावी सभा गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो पटक घरदैलो कार्यक्रमलाई जोड दिएको छ ।
निर्वाचन आयोगले प्रचारप्रसारका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म समय दिएको छ । तर यो पटक नेकपाले ठुलठुला आमसभा गर्नेभन्दा पनि कोणसभा, अन्तक्र्रिया, घरदैलो, विचार गोष्ठीलाई प्राथमिकता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
- बागीलाई कारबाही गर्ने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समिति बैठकले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि अर्को बैठकबाट कारबाही गर्ने तयारी गरेको हो ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ ।
- अधिकारीसँग पाठकको कनेक्सन
अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।
प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पाठक र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बिचमा ‘कनेक्सन’ देखिएको छ ।
निर्वाचन आयोग
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि सात राजनीतिक दलले निर्वाचन खाता अद्यावधिक विवरण बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सात दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी दिएको हो ।
- राप्रपाद्वारा विरोध
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- वैदेशिक व्यापार
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापारको आकार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको हो।
- वैवाहिक बन्धनमा नीति
अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् ।
- प्रहरीको एक्सन
नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण