सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेत्री नीति शाहले गरिन् विवाह

शुक्रबार, ०८ फागुन २०८२, ११ : २९
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरिन्।
  • उनको विवाह समारोह झम्सिखेलस्थित न्यु प्लाजामा सम्पन्न भयो, जसमा परिवार र साथीभाइको उपस्थिति थियो।
  • नीति र याञ्चितले वैशाखमा कानुनी विवाह काठमाडौं जिल्ला अदालतमा गरेका थिए।

काठमाडौँ । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् । 

राणासँग नीतिले कानुनी विवाह गत वैशाखमा काठमाडौँ जिल्ला अदालतमा गरेकी थिइन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी थिइन् । 

राणा पेसाले एरोस्पेस इन्जिनियर हुन् । नीति र राणा झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेममा रहेका थिए ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’लगायत फिल्म अभिनय गरेकी छन् । 

नीति र याञ्चितको रिसेप्सन पार्टी शनिबार राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप