कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनको कारबाही गर्ने
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारबाही गरिने भएको छ।
- बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्ने तयारी भइरहेको छ।
- कांग्रेसका तीन नेताले बागी उम्मेदवारी फिर्ता नलिएको र कारबाहीको प्रक्रिया अघि बढेको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समिति बैठकले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि अर्को बैठकबाट कारबाही गर्ने तयारी गरेको हो ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट आएको कार्यसमितिले तारामान गुरुङको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो । त्यो समितिको शुक्रबार पहिलो बैठक बसेको हो ।
बैठकले अनुशासनको कारबाहीको प्रक्रिया के हुने भन्ने विषयमा समितिको कार्यविधि— २०८२ लाई पारित गरेको छ । त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई कारबाही गर्ने समितिका एक सदस्यले जानकारी दिए ।
कांग्रेसका ३ नेताले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् ।
कपिलवस्तु १ मा आषिश शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, भारतका लागि पूर्वराजदूत र पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।
सप्तरी ४ मा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति सिताराम शाहले उम्मेदवारी दिएका छन् । टिकटका आकाङ्क्षी साहले पार्टीले तेजुलाल चौधरीलाई उम्मेदवार बनाएपछि विरोधमा बागी उम्मेदवारी दिएका हुन् ।
पर्सा ४ मा पार्टीको प्रदेशसभा क्षेत्रीय सभापति रामलखन महतोले बागी उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो समय उनी पार्टीमा भने निष्क्रिय रहेको स्रोतले जानकारी दिएको छ ।
‘बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक र समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भयो,’ बैठकपछि केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण