शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

शुक्रबार, ०८ फागुन २०८२, २२ : २६
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • बैतडीमा निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु भयो।
  • प्रहरी घर गएको बेला अचेत अवस्थामा फेला परे र अस्पतालमा मृत घोषित गरियो ।
  • यसअघि माघमा अर्का एक प्रहरीको पनि भिरबाट लडेर मृत्यु भएको थियो।

बैतडी । प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए ।

प्रहरी प्रवक्ता सिंहका अनुसार बिहीबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलि मात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप