गुल्मीमा नमुना मतदान अभ्यास
शुक्रबार, ०८ फागुन २०८२, २२ : ३७
सारांश
- गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नमूना मतदान सम्पन्न भयो।
- नमूना मतदानमा सुरक्षा निकायहरूको समन्वय र जोखिम नियन्त्रणको अभ्यास गरियो।
- प्रमुख जिल्ला अधिकारीले निर्वाचनलाई निष्पक्ष बनाउन सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए।
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिद्वारा बिहीबार यहाँ नमुना मतदान सम्पन्न गरेको छ ।
छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित नमुना मतदानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो । निर्वाचनका लागि सुरक्षार्थ खटिने सुरक्षा निकायबिच समन्वय, सम्भावित जोखिमको पहिचान र नियन्त्रणका उपायबारे व्यावहारिक अभ्याससमेत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन अवधिमा उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण