‘जिरो डिग्री’मा सनिशाको ’इन्ट्री’
काठमाडौँ । फिल्म ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले शुक्रबार उनलाई फिल्मका लागि चयन गरेको हो । विजय बरालको मुख्य भूमिका रहेको फिल्ममा सनिशाले विजयसँग जोडी बन्ने छिन् ।
अहिले छायाङ्कनको तयारीमा रहेको फिल्मको केही दिन अघि ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक भएको थियो ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित रहनेछ । एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा फिल्मले देखाउनेछ ।
फिल्मको निर्देशन तथा पटकथा आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन् । कथाकार राजन भुसाललेको समेत अभिनय रहने फिल्ममा कार्यकारी निर्माता मोती कार्की हुन् । निशाल पौडेलले छायाङ्कन गर्ने फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले बितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण