रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी
शनिबार, ०९ फागुन २०८२, १४ : १७
सारांश
- रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्।
- उनले पार्टी विचार र सिद्धान्तबाट विचलित भएको र नेतृत्व 'आशीर्वाद' मा चलेको आरोप लगाए।
- थापाले संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाइएकोमा असन्तुष्टि जनाए।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्।
थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको आरोप लगाएका छन्। संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाउँदै पार्टी अलोकतान्त्रिक बन्दै गएको अवस्थामा बसिरहनु उचित नदेखिएको उनले उल्लेख गरेका छन्।
२०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटका जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जका रूपमा सक्रिय थापा सोही वर्ष नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार रहेका सुमनबिक्रम पाण्डे निकट मानिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
-
अनुहारमा बरफ लगाउने ट्रेन्ड : के साँच्चै फाइदाजनक छ?
-
के श्रीमान्-श्रीमतीबिच सधैँ झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी ४ उपाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण