बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

गण्डकी सरकारले आगामी वर्ष २५ करोड लगानी गर्दै

बिहीबार, १८ असार २०८३, २० : १६
बिहीबार, १८ असार २०८३

सारांश

  • गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा २५ करोड लगानी गर्ने तयारी गरेको छ।
  • जलविद्युत क्षेत्रमा ७ करोड ५० लाख र फलामखानी सञ्चालनका लागि पनि ७ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
  • अन्य संघसंस्था र कम्पनीहरूमा शेयर लगानी गर्न थप १० करोड छुट्याइएको छ।

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा २५ करोड लगानीको तयारी गरेको छ। वार्षिक विकास कार्यक्रममा सरकारले लगानीका लागि विभिन्न शीर्षकमा बजेट व्यवस्था गरेको हो । 

जलविद्युतका लागि राम्रो सम्भावना भएको गण्डकीमा प्रदेश सरकारले जलविद्युतकै क्षेत्रमा ७ करोड ५० लाख लगानी गर्ने गरी बजेट व्यवस्था गरेको छ । यस्तै खानीको सञ्चालन गर्न पनि छुट्टै बजेट राखिएको छ । यसअघि प्रदेश सरकारले नै नवलपुरको धौवादी फलाम खानीमा लगानीको तयारी गरेको थियो। 

तर, विभिन्न कारणले त्यतिबेला सम्भव भएन । २०७६ सालमै १२ करोड विनियोजन गरेर १५ प्रतिशत शेयर मागेको गण्डकीले माग बमोजिम शेयर पाएको छैन। त्यसो त, कम्पनीको मोडल अझै क्लियर भैसकेको अवस्था छैन।

अहिले पनि फलामखानी सञ्चालनकै लागि बजेट राखिएको छ । यसका लागि ७ करोड ५० लाख विनियोजन गरिएको अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

यस्तै, अन्य सङ्घ संस्था र कम्पनीहरूमा शेयर लगानी गर्न थप १० करोड छुट्याएको छ । कस्ता कम्पनीमा लगानी गर्ने भन्ने प्रस्ट खुलाइएको छैन। गण्डकी प्रदेश सरकारले यसअघि गण्डकी काउ फार्म खोलेर त्यसमा पनि लगानीको तयारी गरेको थियो ।

तर, चौतर्फी आलोचना भएपछि विनियोजित ११ करोड रुपैयाँ पनि निकासा भएन । एक व्यक्तिलाई अघि सारेर चीनबाट गाई ल्याउने सरकारको तयारी थियो। 

उक्त आयोजनाका लागि तनहुँमा जग्गा खरिद प्रक्रियामै छ । तर, प्रदेश सरकारले हात झिकेपछि उक्त आयोजना अहिले अलपत्र परेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप