शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम

यी स्थानमा राति भारी वर्षाको सम्भावना

बिहीबार, १८ असार २०८३, २० : ०८
बिहीबार, १८ असार २०८३

काठमाडौँ । बिहीबार दिउँसो काठमाडौँ उपत्यकासहित आसपासका पहाडी जिल्लामा भारी वर्षा भएपछि रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार राति देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभागका साथै मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

सक्रिय मनसुनी प्रणाली भित्रिसकेका कारण आगामी केही घण्टासम्म पनि देशका विभिन्न भागमा वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप