हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
बाँके । बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ।
चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो।
वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका छन्। ती बिरुवाहरू हिजोदेखि नै स्थानीय किसानलाई वितरण गर्न थालिएको छ। नर्सरीमा विशेष गरी सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया जस्ता प्रजातिहरू बढी मात्रामा हुर्काइएका छन्।
यसका साथै अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर, कुसुम र निलमफूल जस्ता वनस्पति पनि नर्सरीमा तयार पारिएका छन्। किसानहरूलाई वितरण गर्न थालिएका यी बिरुवाहरूमा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा विभिन्न प्रकारका सजावटका प्रजातिहरू समावेश छन्, जसले जिल्लाको वातावरणीय सन्तुलन र हरियाली बढाउन ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण