शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने

शुक्रबार, १९ असार २०८३, ०१ : ५९
शुक्रबार, १९ असार २०८३

सुर्खेत ।  कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।

सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोली झण्डै बिहीबार दिनभर खोजबीन जारी राख्यो  । पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनले करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुगेका थिए । 

“राति भएकाले  खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुनः खोज उद्धार कार्य थाल्छौँ”, उनले भने । 

बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको छ । 

सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिए पनि उक्त सङ्ख्या एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताए ।  अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?