तातोपानी–८ का आगलागी पीडित परिवारलाई राहत
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–८, बङ्तडी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण क्षति बेहोरेका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।
बङ्तडीका आगलागी पीडित सन्देश कुमार शाहीको परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिए ।
उनका अनुसार, दैनिक छाक टार्ने सम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको उनले जानकारी दिए ।
राहतस्वरूप चामल, पीठो, चिउरा, तेल, पाल, मसला, कम्बल, बाल्टिन र पीडित परिवारका सदस्यलाई लगाउने लत्ताकपडा जग लगायतका सामग्री सहयोग गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए । साथै खाना पकाउने ग्यास समेत सहयोग गरिएको छ ।
बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको थियो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन नपाएको शाहीको भनाइ छ । आगलागीबाट तीन तले नौ कोठे घर पूर्ण रूपमा ध्वस्त भएको थियो ।
तर घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको परिवारले जनाएको छ । शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि रहेको र सो समेत जलेको हुन सक्ने अनुमान गरिएको छ ।
राति करिब १० बजेबाट सुरु भएको आगो शुक्रबार बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा आएको थियो । स्थानीयवासी र प्रहरी चौकी टोप्लाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण