नयाँ आममाफी कानुनपछि भेनेजुएलामा १ हजार ५०० भन्दा बढी आवेदन दर्ता
काराकास । भेनेजुएलामा नयाँ आममाफी कानुन लागू भएको केही दिनमै १ हजार ५०० भन्दा बढी राजनीतिक बन्दीले आममाफीका लागि आवेदन दिएका छन् । राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिगेजका अनुसार कुल १ हजार ५५७ मुद्दामाथि तत्काल प्रक्रिया अघि बढाइएको छ ।
सयौँ बन्दीलाई आममाफीअन्तर्गत रिहा गर्ने प्रक्रिया सुरु भइसकेको रोड्रिगेजले शनिबार पत्रकार सम्मेलनमा बताए । उनका अनुसार हालसम्म राजधानी काराकासमा थुनिएका ८० जना कैदी रिहा भइसकेका छन् ।
दुई दिनअघि राष्ट्रिय सभाले सर्वसम्मत रूपमा उक्त ऐतिहासिक कानुन पारित गरेको थियो । कानुनअनुसार आममाफी स्वतः लागू हुँदैनस सम्बन्धित व्यक्तिले आफ्नो मुद्दा हेरिरहेको अदालतमा निवेदन दिनुपर्ने व्यवस्था छ । आममाफी प्रक्रियाको जिम्मा सम्हालिरहेका सांसद जर्ज अरेजाले शुक्रबार ३७९ बन्दीलाई रिहा गर्न अभियोजनकर्ताले अदालतसँग माग गरेको जानकारी दिएका थिए । तीमध्ये विपक्षी नेता, अधिकारकर्मी, पत्रकार र कार्यकर्ताहरू छन् ।
नयाँ कानुनलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अगाडि बढाएकी थिइन् । यो कदम अमेरिकी सैन्य कारबाहीपछि वामपन्थी नेता निकोलस मादुरो पक्राउ परेपछि आएको हो । यद्यपि विपक्षी दल र मानवअधिकार समूहहरूले कानुनको आलोचना गरेका छन् । अधिकार संस्था फोरो पेनाल्टीका अध्यक्ष अल्फ्रेडो रोमेरोले केही समूहलाई बाहिर राख्नु भेदभावपूर्ण र असंवैधानिक भनेका छन् ।
सरकारले भने विदेशी शक्तिको सहयोगमा सशस्त्र गतिविधि प्रवर्द्धन गरेको आरोप लागेकाहरूलाई आममाफी नलाग्ने स्पष्ट पारेको छ । आगामी १५ दिनभित्र थप रिहाइ हुन सक्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण