चितुवाको आक्रमणबाट ३ जना घाइते
आइतबार, १० फागुन २०८२, १८ : ३९
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा चितुवाको आक्रमणबाट ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा तारकेश्वर बस्ने ६५ वर्षीय दुलाल महर्जन, ५५ वर्षीय मायानाथ वाग्ले र नुवाकोट घर भएर तारकेश्वर बस्ने ३८ बुद्ध लामा छन् ।
आइतबार चितुवा मानिसहरूलाई आक्रमण गर्दै मनमैजु नगरपालिका–९ स्थित अनोजमणी अधिकारीको घरमा पसेको थियो ।
चितुवालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । घाइतेहरूको शुभम अस्पताल र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उद्धार गर्ने क्रममा चितुवाले बुद्ध लामालाई आक्रमण गरेको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण