कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र निर्धारण
सारांश
- कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्, जहाँ कैदीबन्दी र सुरक्षाकर्मीले मतदान गर्न पाउनेछन्।
- निर्वाचन अधिकृतका अनुसार, छनोट कार्य सम्पन्न भई मतदान अधिकृतहरुलाई तालिम दिइएको छ।
- मतदानका लागि आवश्यक सामग्री जिल्लामा आइसकेको छ र ढुवानीको काम भइरहेको छ।
कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले कारागार शाखा र भीमदत्त नगरपालिका कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको बताए ।
जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी मतदान केन्द्र निर्धारण गरिएको अधिकृत जोशीले बताए ।
यहाँ अस्थायी मतदाताको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ, जसमा २१ जना कैदीबन्दी रहेका छन् । कारागारमा धेरै कैदीबन्दी रहे पनि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मात्र मतदान गर्न दिइने व्यवस्था रहेको अधिकृत जोशीले जानकारी दिए ।
यसैबिच, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट कार्य सम्पन्न भई तालिम सुरु गरिएको छ । आज निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सोमबार निर्वाचन क्षेत्र नं २ र ३ का लागि तालिम सञ्चालन योजना छ ।
तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले सहायक कर्मचारी छनोट गरी खटाउने कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ । मतपत्र तथा निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको र निर्वाचन क्षेत्रमा ढुवानी गर्ने कार्य भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा पठाइएका सामग्री रुजु गर्ने र पोका बनाउने कार्य भइरहेको जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण