धादिङ बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त
सोमबार, ११ फागुन २०८२, ०७ : २७
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त गरे।
- दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
- पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको थियो।
काठमाडौँ । धादिङमा मध्यराति भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यो खबरले आफू अत्यन्त मर्माहत बनाएको बताएका हुन्।
उनले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण