७० औँ साउथ फिल्मफेयर : अमिताभलाई पहिलो दक्षिण भारतीय अवार्ड
सारांश
- अमिताभ बच्चनले ७० औं साउथ फिल्मफेयर अवार्ड्समा तेलुगु विधामा उत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते।
- फिल्म 'पुष्पा २' ले उत्कृष्ट फिल्म सहित पाँच अवार्ड जित्यो भने, तमिलमा 'अमरन' ले सात अवार्ड जित्यो।
- मलयालममा ममूटी उत्कृष्ट अभिनेता घोषित भए, र श्रीनिवासनलाई लाइफटाइम अचीवमेन्ट अवार्ड प्रदान गरियो।
हैदराबाद । केरलको कोच्चिमा आयोजित ७० औँ साउथ फिल्मफेयर अवार्ड्समा बलिउडका महानायक अमिताभ बच्चनले इतिहास रचेका छन्। फिल्म ‘कल्कि २८९८ एडी’ मा अश्वत्थामाको भूमिका निभाएका उनले तेलुगु विधामा उत्कृष्ट सहायक अभिनेता (पुरुष) को अवार्ड जितेका हुन्।
दक्षिण भारतीय फिल्मका लागि उनले प्राप्त गरेको यो पहिलो फिल्मफेयर अवार्ड हो। सन् २०२४ जुन २७ मा प्रदर्शनमा आएको यस फिल्मले विश्वभर १ हजार करोडभन्दा बढीको व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको थियो। यद्यपि, कोच्चिमा आयोजित भव्य समारोहमा अमिताभ स्वयं भने उपस्थित हुन सकेनन्।
यस पटकको अवार्ड समारोहमा तेलुगु, तमिल, मलयालम र कन्नड फिल्म उद्योगका उत्कृष्ट कलाकार र चलचित्रहरूलाई सम्मान गरिएको छ। तेलुगु विधातर्फ ‘पुष्पा २’ को वर्चस्व रह्यो, जसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेता (अल्लू अर्जुन) सहित पाँचवटा अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो। त्यस्तै, तमिल विधामा ‘अमरन’ फिल्मले उत्कृष्ट अभिनेता (शिवकार्तिकेयन) र उत्कृष्ट अभिनेत्री (साई पल्लवी) सहित सातवटा अवार्ड जितेर सबैलाई उछिनेको छ। मलयालम सिनेमाका तर्फबाट सुपरस्टार ममूटीलाई 'ब्रमायुगम' का लागि उत्कृष्ट अभिनेता घोषित गरियो भने दिवंगत अभिनेता तथा फिल्मकर्मी श्रीनिवासनलाई मरणोपरान्त 'लाइफटाइम अचीवमेन्ट अवार्ड' बाट सम्मानित गरियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण