धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै गर्दै उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा यात्रु घाइते भएका छन् ।
दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन्, ‘पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण