अमेरिका–इरान वार्ता बिहीबार जेनेभामा हुने
सारांश
- ओमानका अनुसार, अमेरिका र इरानबीचको वार्ता आगामी बिहीबार जेनेभामा हुने पक्का भएको छ।
- दुई देशबीचको तनाव बढिरहेको बेला, वार्ताले सम्झौतालाई अन्तिम रूप दिन प्रयास गर्ने वातावरण बनेको छ।
- इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको सुनिश्चित गर्न पूर्ण निगरानी संयन्त्र लागू गर्न तयार रहेको जनाएको छ।
मस्कट । अमेरिका र इरानबlच थप वार्ता आगामी बिहीबार स्विट्जरल्यान्डको जेनेभामा हुने ओमानले पुष्टि गरेको छ । ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले आइतबार सामाजिक सञ्जालमार्फत वार्ताको मिति तय भएको जानकारी दिएका हुन् ।
वार्ताले सम्झौता अन्तिम रूप दिन अतिरिक्त प्रयास गर्ने सकारात्मक वातावरण बनेको पनि उनले उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच तनाव बढिरहेका बेला यो घोषणा आएको हो । विशेषगरी अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेको खबरले सम्भावित द्वन्द्वको चिन्ता बढाएको छ ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले तेहरान आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको सुनिश्चित गर्न पूर्ण निगरानी संयन्त्र लागू गर्न तयार रहेको बताएका थिए । यसले तनाव कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका थिए ।
अमेरिकी सैन्य जमघट र सम्भावित तनावबीच इरान किन आफ्नै भूमिमा युरेनियम समृद्धि गर्न चाहन्छ भन्ने प्रश्नमा अराघचीले यो विषय इरानीहरूको गरिमा र गौरवसँग जोडिएको बताएका छन् । उनका अनुसार इरानी वैज्ञानिकहरूले आफ्नै प्रयासमा विकास गरेको प्रविधि भएकाले त्यसलाई अत्यन्त मूल्यवान मानिन्छ ।
ओमानले मध्यस्थता गर्दै आएको अमेरिका–इरान वार्तालाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण मानिएको छ । जेनेभा वार्ताबाट परमाणु विवाद समाधानतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण