धादिङ बस दुर्घटना: कांग्रेसद्वारा दुःख व्यक्त
सारांश
- धादिङमा भएको बस दुर्घटनामा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
- दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो र सभापति गगनकुमार थापाले समवेदना प्रकट गरेका छन्।
- कांग्रेसले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन र दुर्घटना न्यूनीकरणका लागि कार्यदल गठन गर्न आग्रह गरेको छ।
काठमाडौँ । धादिङमा बसेको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ भैसिगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु भएको थियो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार एक वक्तव्यमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
सभापति थापाले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह पनि गरेका छन्।
पछिल्लो समय यस्ता सडक दुर्घटनाहरू बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरी यस्ता घटनाहरू न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउन उनले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण