पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश
सारांश
- सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।
- भदौ २४ को आगजनीका कारण मुद्दाको मिसिल नष्ट भएपछि पुनः प्राप्तिका लागि अदालतले आदेश दिएको हो।
- गुणस्तरहीन पुल बनाएको अभियोगमा हरिनारायण रौनियारसहित ८ जनाले पुनरावेदन गरेका थिए भने अख्तियारले पनि पुनरावेदन गरेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो ।
जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को पेसी तोक्नेछ । गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि सो फैसला उपर हरिनारायण रौनियारसहित ८ जना फरक(फरक मितिमा पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।
यस्तै, विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो । दुवै पक्षको पुनरावेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको हो ।
पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो ।
विशेष अदालतले हरिनारायण र उनका छोरालाई जनही साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण