सरकारी जग्गा हिनामिना प्रकरण : भूमि आयोगका दुई सदस्यलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । विशेष अदालतले सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेका कास्कीको भूमि आयोगका दुई जनालाई धरौटी लिएर छाड्न आदेश दिएको छ ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश उमेश कोइरालाको इजलासले भूमि आयोगका सदस्य उमा कुमारी थापा र सोम बहादुर नेपालीलाई जनही १र१ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
उमा कुमारी थापा र सोम बहादुर नेपालीले आपसी मिलेमतो र योजनामा आफ्नो पदको दुरुपयोग गरी सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोग लागेको थियो । उनीहरूले साविक कन्हानीडाँडा गाउँ विकास समिति वडा नं। ४ स्थित कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना क्षेत्रफलको सरकारी जग्गा गैर–सुकुम्बासी भीम बहादुर वि।क।को नाममा दर्ता गराएका थिए । नेपाल सरकारलाई १ करोड ४० लाख २५ हजार रुपैयाँ हानि नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिवादीहरूले बयानका क्रममा आफूहरूले कुनै बदनियत नराखी प्रक्रियागत रूपमा काम गरेको भन्दै अभियोग अस्वीकार गरेका थिए । दुवै पक्षको बहस र मिसिल संलग्न प्रमाणहरूको अध्ययनपछि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई थुनामै राखेर पुर्पक्ष गर्नु नपर्ने ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण