प्रतिनिधि सभा उम्मेदवार पौडेलले फिर्ता लिए उम्मेदवारी
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका उनले राजनीतिक परिस्थिति र कास्की २ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले कांग्रेस उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी तथा युवामैत्री सोचको कदर गर्दै समर्थन जनाएको बताएका छन् ।
‘जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलबाड गरियो, भ्रष्टाचार र दम्भ हाबी भयो भने म फेरि पनि कलम, आवाज र सडकबाट खबरदारी र विद्रोह गर्न पछि हट्ने छैन,’ उनले भने, ‘अहिलेका लागि बदलिएको कांग्रेस र रुखमा मतदान गर्न अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’
उनले एक व्यक्तिको नभई युवा पुस्ताको र भविष्यको विजय हुने बताएका छन्। पौडेलले पार्टीको प्रतिबद्धता पत्र, राम्रा कामको सम्मान गर्ने र कमजोरीप्रति खबरदारी गर्ने नीतिलाई आत्मसात गर्दै सशर्त समर्थन गरेका हुन्। उनी नेविसंघका नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण