पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
सारांश
- दाङका मुख्य निर्वाचन अधिकृतको टोलीले विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन गर्यो।
- अनुगमन टोलीले भौगोलिक अवस्था, सुरक्षा जोखिम, र कर्मचारी व्यवस्थापनबारे जानकारी लियो।
- निर्वाचन अधिकृतका अनुसार दाङ क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ केन्द्र छन्।
दाङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुरस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत विद्यालयमा रहेको मतदानस्थल र सोही वडामा पर्ने सरस्वती जनता माध्यमिक विद्यालय गङ्गटेमा मतदानस्थलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानी लगायत विषयमा जानकारी लिएको छ । त्यसैगरी, मतदानमा खटिने कर्मचारीलाई बस्ने व्यवस्थालगायत टोलीले जानकारी लिइएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए । ती दुवै मतदानस्थल विकट तथा दुर्गम स्थानमा रहेका छन् । ती स्थानलाई दाङको कर्णाली भनेर चिनिने गरिन्छ ।
अनुगमन टोलीमा दाङ इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेल, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जाली, निर्वाचन क्षेत्र नं २ सहायक निर्वाचन अधिकृत भुपाल भण्डारी, राष्ट्रिय समाचार समिति दाङका प्रमुखलगायतको सहभागिता थियो ।
निर्वाचन अधिकृत सिञ्जालीका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ मा ५६ वटा मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण