मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मङ्गलबार, १२ फागुन २०८२, ११ : २५
सारांश
- मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको मोटरसाइकल नालामा खसेको थियो।
- दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भयो।
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण