‘धुरन्धर २’ मा इमरान हाश्मीको इन्ट्री : रणवीर सिंहसँग ‘बडे साहब’ को रूपमा भिड्ने
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर २' मा इमरान हाश्मी 'बडे साहब' को भूमिकामा देखिने चर्चा छ।
- निर्माताहरूले पुष्टि नगरे तापनि, सामाजिक सञ्जालमा इमरान मुख्य खलनायकको रूपमा आउने चर्चा छ।
- 'धुरन्धर २' आगामी मार्च १९, २०२६ मा रिलिज हुनेछ, र सोही दिन यशको 'टक्सिक' पनि प्रदर्शन हुनेछ।
मुम्बई । बलिउडको सबैभन्दा प्रतीक्षित फिल्ममध्येको एक ‘धुरन्धर २: द रिभेन्ज’ का बारेमा एउटा नयाँ खबर बाहिर आएको छ। रणवीर सिंहको ब्लकबस्टर फिल्मको यस सिक्वेलमा ‘बडे साहब’ को भूमिकालाई लिएर लामो समयदेखि चलिरहेको चर्चाबिच अब इमरान हाश्मीको नाम जोडिएको हो।
लेटरबक्सको पछिल्लो रिपोर्ट अनुसार यस पटकको शक्तिशाली भिलेन वा महत्त्वपूर्ण भूमिकामा इमरान हाश्मी देखिने सम्भावना बढेको हो। यसअघि यो चरित्र कुख्यात ग्याङ्स्टर दाउद इब्राहिम वा कुनै वास्तविक पात्रबाट प्रेरित हुने अनुमान गरिए पनि लिक भएको कास्ट लिस्टमा इमरानको नाम सार्वजनिक भएपछि फ्यानहरूमा थप उत्साह थपिएको छ।
यद्यपि, फिल्मका निर्माताहरूले आधिकारिक रूपमा इमरान हाश्मीको भूमिकाबारे पुष्टि गरिसकेका छैनन्। त्यसैले उनले ‘बडे साहब’ कै भूमिका निभाउने हुन् वा अन्य कुनै विशेष भूमिकामा देखिने हुन् भन्ने कुरा अझै सस्पेन्सकै घेरामा छ।
सामाजिक सञ्जालमा भने इमरान मुख्य खलनायकको रूपमा आउन सक्ने भन्दै तीव्र प्रतिक्रियाहरू सुरु भइसकेका छन्। यसअघि फिल्मको पहिलो भाग ‘धुरन्धर’ ले बक्स अफिसमा विश्वव्यापी रूपमा रेकर्डतोड कमाइ गर्दै रणवीर सिंहको करियरलाई नयाँ उचाइमा पुर्याएको थियो।
निर्देशक आदित्य धरको निर्देशनमा तयार भइरहेको यो सिक्वेलको टिजर र प्रोमोलाई दर्शकले निकै रुचाएका छन्। फिल्मको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र यसले बलिउडमा अर्को एउटा ठूलो धमाका गर्ने अपेक्षा गरिएको छ।
‘धुरन्धर २’ आगामी १९ मार्च २०२६ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। रोचक कुरा के छ भने, सोही दिन साउथ सुपरस्टार यशको बहुप्रतीक्षित प्यान इन्डिया प्रोजेक्ट ‘टक्सिक’ पनि रिलिज हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण