सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतकाे आदेश
सारांश
- विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन आदेश दिएको छ।
- भ्रष्टाचार मुद्दामा जेलमा रहेका पौडेलविरुद्धको मुद्दामा अदालतले बैंक खाताको विवरण झिकाउन आदेश दिएको हो।
- अख्तियारले पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ।
भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पौडेलविरुद्धको गैरकानुनी आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार उक्त बैंकको खाता विवरण झिकाउन आदेश दिएको हो।
यसअघि पनि कानुन मन्त्रालयमार्फत यस्तो विवरण बुझाउन भने पनि सिंगापुर सरकारसँग पारस्पारिक कानुनी सहायता सन्धि नहुँदा सरकारले विवरण झिकाउन सकेको छैन । त्यस्तै,नेपाल राष्ट्र बैंकमार्फत सो बैंकमा रहेको रकमको विवरण नेपाल राष्ट्र बैंकमार्फत सिंगापुरको केन्द्रीय बैंकसँग सहयोग र समन्वय गरी यथाशक्य छिटो झिकाउन आदेश दिएको छ।
२०८१ वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण