शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन कांग्रेसको लक्ष्य : विश्वप्रकाश शर्मा

मङ्गलबार, १२ फागुन २०८२, १८ : १६
मङ्गलबार, १२ फागुन २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरेका हुन् । उपसभापति शर्माले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गरे ।

उनले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली लगायतका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

चुनाव जित्नका लागि प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उनले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप