सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

दुर्गा प्रसाईँ आज नछुट्ने

मङ्गलबार, १२ फागुन २०८२, १९ : ११
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज नछुट्ने भएका छन्।
  • सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि, काठमाडौँ प्रहरीले प्रक्रिया पुरा गर्नुपर्ने भन्दै उनलाई रिहा नगर्ने निर्णय गरेको छ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज नछुट्ने भएका छन् । 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपनि ‘प्रक्रिया पुरा गर्नुपर्ने’ भन्दै काठमाडौँ प्रहरीले उनलाई रिहा नगर्ने निर्णय गरेको हो।

सरकारी वकिल कार्यालयसँग सहमति लिएर उनलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने, ‘सर्वोच्चको आदेश अनुसार सरकारी वकिलसँग सहमति लिएर बुधवार रिहा गर्छौँ ।’

मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ को व्यवस्था अनुसार प्रसाईँलाई रिहा गर्न सरकारी वकिलसँग सहमति लिनुपर्ने भन्दै प्रहरीले आज कार्यालय समय सकिएको कारण देखाएर उनलाई हिरासतमा नै राख्ने निर्णय गरेको छ।

प्रसाईँ  लाई फागुन ४ मा पक्राउ गरेर प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोज कुमार शर्मा र मेघराज पोखरेलले उनलाई छाड्न आदेश गरेका थिए ।  

प्रसाईँलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।    

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप