मस्कोमा हुने नेसन्स कपमा भिड्न नेपाली बुदोकैदो टोली रुस प्रस्थान गर्दै
काठमाडौँ । मस्कोमा आयोजना हुने नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुस प्रस्थान गर्ने भएको छ। फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट ४ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी पूरा गरेका छन्।
नेपालको चुनौती प्रस्तुत गर्ने पुरुष खेलाडीहरूमा ७० केजी तौल समूहमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जन रहेका छन्। त्यस्तै महिलातर्फ ५५ केजी तौल समूहमा बबिता कार्कीले नेपालको प्रतिनिधित्व गर्दै मस्कोको रिङमा उत्रनेछिन्। टोलीको नेतृत्व तथा प्रशिक्षणको जिम्मेवारी नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष एवं ब्रान्च चिफ वीरकृष्ण महर्जनले सम्हालेका छन्।
रुस जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक विशेष कार्यक्रमका बीच बिदाइ गरे। बिदाइका क्रममा सदस्य–सचिव मेहताले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको नाम रोशन गर्न शुभकामना दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण