विद्यार्थीले ‘सीमा’ लाई सम्मान गर्नुपर्ने इरानी प्रशासनको भनाइ
काठमाडौँ । इरानी सरकार र नेताहरू विपक्षीको हालैको ठुलो विरोध प्रदर्शन र आफ्नो आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य कारबाहीको चेतावनीपछि दबाबमा रहेको भन्दै इरानी अधिकारीहरूले सरकार विरोधी र्यालीहरू गर्ने विद्यार्थीहरूलाई संयमित बन्न मङ्गलबार चेतावनी दिएको छ ।
विश्वविद्यालयका विद्यार्थीहरूले सप्ताहन्तमा एक भेला गरी नयाँ आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले सत्ताको बागडोर सम्हालिरहेको नेतृत्वको विरुद्ध राष्ट्रव्यापी विरोधपछि यो आन्दोलनको घोषणा गरेका हुन् ।
जनवरीमा चरम हिंसामा बदलिएको प्रदर्शन र घातक दमनप्रति सरकार र प्रदर्शनकारी आपसमा डराएका तर आफ्नो अडान नत्याग्ने मनस्थितिमा रहेका देखिन्छ ।
मङ्गलबार विद्यार्थीको पछिल्लो विरोध प्रदर्शनको लगातार चौथो दिन एएफपीले प्रमाणित गरेको भिडियोमा तेहरान विश्वविद्यालयको ठुलो हलमा दुई समूहहरू आमनेसामने भएको देखाइएको छ । त्यहाँ झडप सुरु हुनुअघि एउटाले इरानी झन्डा फहराइरहेका र अर्कोले सरकार विरोधी नारा लगाइरहेका देखिएको छ ।
भिडियामा सन् १९७९ को क्रान्तिपछि इरानको इस्लामिक गणतन्त्रले मान्दै आएको झन्डा अघिल्लो दिन विद्यार्थीहरूले जलाएका थिए ।
इरानी सरकारका प्रवक्ता फतेमेह मोहाजेरानीले मङ्गलबार र्यालीमा पहिलो आधिकारिक प्रतिक्रिया दिँदै विद्यार्थीहरूलाई विरोध प्रदर्शन गर्ने अधिकार भए पनि उनीहरूले ‘रातो रेखाहरू बुझ्नुपर्ने’ बताए ।
उनले थपे, “राष्ट्रिय झन्डा यी रातो रेखाहरू मध्ये एक हो जुन हामीले रक्षा गर्नुपर्दछ र क्रोधको चरमोत्कर्षमा पनि पार गर्नु वा विचलित हुनु हुँदैन।”
उनले भने, “इरानका विद्यार्थीहरूको ‘हृदयमा यसअघिको हिंसाको चोट छ र उनीहरूले त्यस्ता दृश्यहरू देखेका छन् जसले उनीहरूलाई निराश र क्रोधित बनाउन सक्छ। यो रिस बुझ्न सकिन्छ ।”
विरोधको प्रारम्भिक लहर डिसेम्बरमा सुरु भएको थियो, जुन प्रतिबन्धग्रस्त देशमा आर्थिक समस्याबाट उत्पन्न भएको थियो, तर चाँडै देशव्यापी प्रदर्शनमा परिणत भयो । अघिल्लो चरणको आन्दोलन हिंसात्मक बनेपछि र सरकारको तर्फबाट व्यापक दमनपछि जनवरी ९ मा अन्त्य भएको थियो ।
उक्त आन्दोलन वर्षौंमा इरानका नेताहरूका लागि सबैभन्दा ठुलो चुनौती थियो।
आन्दोलनमा सरकारी दमनको मुकावला गर्ने क्रममा हजारौँ मानिसहरूको ज्यान गएको थियो ।
अमेरिकास्थित ह्युमन राइट एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले आन्दोलनका क्रममा सात हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।
इरानी अधिकारीहरूले पनि आन्दोलनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेका छन्, तर संयुक्त राज्य अमेरिका र इजरायलको ‘उक्साहटपूर्ण गतिविधि’ का कारण हिंसा भएको बताएका छन् ।
विरोध प्रदर्शनको दौरानमा सरकारले प्रदर्शनकारीहरूको वैध आर्थिक गुनासोलाई स्वीकार गर्ने र तथाकथित ‘दङ्गाकारीहरू’ को निन्दा गर्ने बिचको रेखामा हिँड्न खोजेको थियो ।
मोहाजेरानीले भने, “एक तथ्य–खोज मिशनले विरोध प्रदर्शनको ‘कारण र कारक’ को अनुसन्धान गरिरहेको छ, तर अधिकारवादी समूहहरूले चेतावनी दिएका छन् कि कारबाही जारी छ, दशौं हजार मानिसहरू पहिले नै पक्राउ परेका छन्।
मङ्गलबार राजधानीका विभिन्न विश्वविद्यालयहरू बाहिर विद्यार्थीहरूको भिडियोमा भीडले इस्लाम धर्मगुरुहरूको विरुद्ध नारा लगाएको देखाइएको थियो । धेरै तस्बिरहरू धमिलो थिए वा पहिचान लुकाउन मात्र हात देखाइएको जस्तो देखिन्थ्यो ।
ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता बहार साबाले मङ्गलबार सार्वजनिक गरेको एक रिपोर्टमा भनिएको छ, “अधिकारीहरूले जनसङ्ख्यालाई आतङ्कित गर्ने कार्य जारी राखेका छन्।”
“गिरफ्तारीहरू जारी छन् र बन्दीहरूले यातना, जबरजस्ती ‘स्वीकारोक्ति’ र गोप्य रूपमा मृत्युदण्ड सामना गर्ने गरेका छन्,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण