एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा लालीगुराँस
सारांश
- लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ।
- काँक्रेबिहार क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै लालीगुराँस शीर्ष स्थानमा पुग्यो।
- लालिगुराँसका अब्दुस युसुफ हाउलेले ह्याट्रिक गरे भने श्री भगवती र सातदोबाटोले गोलरहित बराबरी खेले।
काठमाडौँ । लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काँक्रेबिहार क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै लालीगुराँस शीर्ष स्थानमा उक्लिएको हो ।
लालिगुराँसको जितमा अब्दुस युसुफ हाउलेको ह्याट्रिक गरे भने मुकुन्द निउरेले एक गोल गरे । काँक्रेबिहारका तर्फबाट एकमात्र गोल सोनाम आचार्यले गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको लालिगुँरासको ७ खेलमा १७ अंक भएको छ भने काँक्रेबिहारको एक अंक रहेको छ ।
त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल हुन भने सकेनन् । बराबरीसँगै ७ खेल खेलेको सातदोबाटोको ६ अंक भएको छ भने समान खेल खेलेको भगवतीको ५ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण