बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

डोभ नेपालद्वारा सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि सहयोग

बुधबार, १३ फागुन २०८२, १८ : ५०
बुधबार, १३ फागुन २०८२

काठमाडौँ । चोटले खेलाडीलाई केही समय मैदानबाट टाढा राख्न सक्छ, तर त्यसले उनीभित्रको साहस र पुनरागमनको यात्रालाई अझ ठुलो बनाइदिन्छ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरिरहेकी छन् । 

उनको स्वास्थ्य लाभको यात्रामा साथ दिन, युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले सहयोग प्रदान गरेको छ। नेपाली फुटबलका प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, सङ्घर्षशीलता र उपलब्धिले देशभरिका लाखौँलाई मात्र होइन, नेपाल बाहिरका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको छ।

डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि रु। १५ लाख सहयोग गरेको छ। यो सहयोग उनले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा डोभको साथ र प्रतिबद्धताको प्रतीक हो। डोभ विश्वास गर्दछ कि वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप