बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाको एकीकृत विकास अवधारणा सार्वजनिक गर्दै कांग्रेस

बुधबार, १३ फागुन २०८२, २१ : २२
बुधबार, १३ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले काठमाडौं उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा सार्वजनिक गर्ने भएको छ।
  • बिहीबार दिउँसो विशालनगरस्थित चेरिस रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी अवधारणा सार्वजनिक गरिनेछ।
  • कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्नेछ।

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने भएको छ ।

बिहीबार दिउँसो १ बजे विशालनगरस्थित चेरिस रेष्टुरेन्ट (बिगमार्टसँगै) मा एक कार्यक्रमको आयोजना गरेर अवधारणा सार्वजनिक गर्न लागेको कांग्रेसले जनाएको छ । कार्यक्रममा काठमाडौँ उपत्यकाका प्रतिनिधि सभा सदस्यका सबै उम्मेदवार सहभागी हुने जनाइएको छ ।

यसैगरी, प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन कांग्रेसले बिहीबार नै दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा हुने पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारी, रणनीति र आगामी कार्यक्रमबारे जानकारी गराइने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप