टी–२० वर्ल्ड कपः न्युजिल्यान्डद्वारा श्रीलङ्कालाई १६९ रनको लक्ष्य
सारांश
- टी-२० विश्वकपको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई १६९ रनको लक्ष्य दियो।
- न्युजिल्यान्डले सुरुवाती ब्याटिङमा ६ विकेट गुमाएपछि, कप्तान र म्याकोन्चीले पुनरागमन गरे।
- स्यान्टनरले ४७ रन बनाए भने म्याकोन्ची ३१ रनमा अविजित रहे, जसले कीर्तिमान बनाए।
काठमाडौँ । टी–२० विश्वकपको छैटौँ सुपर–८ खेलमा न्युजिल्यान्डले श्रीलङ्कासामु जितका लागि १६९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको हो।
न्युजिल्यान्डको ब्याटिङ सुरुवाती चरणमा निकै धर्मराएको थियो। टोलीले मात्र ८४ रन जोड्दा ६ विकेट गुमाइसकेको अवस्थामा कप्तान मिचेल स्यान्टनर र कोल म्याकोन्चीले अविश्वसनीय पुनरागमन गराए। यी दुई ब्याट्सम्यानले सातौँ विकेटका लागि ४७ बलमा ८४ रनको साझेदारी गरे, जुन न्युजिल्यान्डको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा सातौँ विकेटका लागि भएको अहिलेसम्मकै ठुलो साझेदारी हो।
स्यान्टनरले २६ बलमा ४७ रनको महत्त्वपूर्ण इनिङ्स खेले भने म्याकोन्ची ३१ रनमा अविजित रहे। श्रीलङ्काका तर्फबाट बलिङमा महीश तीक्षणा र दुश्मन्था चमीराले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए। त्यस्तै दुनिथ वेल्लालागेले एक विकेट हात पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण