एमाले, नेकपा र रास्वपामा कुनै भिन्नता छैन : राजेन्द्र लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, नेकपा र रास्वपाबीच भिन्नता नरहेको बताए।
- उनले देशको विकासका लागि वर्तमान व्यवस्थाको विकल्प खोज्नुपर्ने बताए, सुशासनको अभाव र भ्रष्टाचारको समस्या रहेको उल्लेख गर्दै।
- लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई माओवादीको प्रस्ताव र अन्य दलले स्वीकारेको उल्लेख गरे, राप्रपालाई विकल्पको रूपमा प्रस्तुत गर्दै।
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कुनै भिन्नता नरहेको बताएका छन् ।
बुधबार पोखरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थामै समस्या रहेको दाबी गरे । वर्तमान व्यवस्था कायम राखेर देशको विकास सम्भव नभएकाले विकल्पको खोजीमा राप्रपा अघि बढेको उनले बताए ।
देशमा सुशासन अभाव र राजनीतिक नेतृत्व भ्रष्टाचारमा फसेको भन्दै उनले समस्या केवल दल वा नेतामा मात्र नभई व्यवस्थामै रहेको जिकिर गरे । परिवर्तनका लागि राप्रपालाई मत दिन उनले आग्रह गरे ।
उनका अनुसार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता माओवादीले प्रस्ताव गरेको व्यवस्था हो र नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा रास्वपाले समेत त्यही धार स्वीकार गरेका छन् । यी सबै दलको विकल्प राप्रपा मात्र रहेको उनको दाबी थियो ।
देशको समस्या समाधानका लागि सबै पक्षबीच नयाँ समझदारी आवश्यक रहेको उल्लेख गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।
राप्रपाले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको छ । सभालाई अध्यक्ष लिङ्देनसहित क्षेत्र नं १ का उम्मेदवार बाबुराम थापा, क्षेत्र नं २ का उम्मेदवार हेमजङ गुरुङ र क्षेत्र नं ३ का उम्मेदवार अर्जुन खनालले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण