मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते

बुधबार, १३ फागुन २०८२, २२ : १३
बुधबार, १३ फागुन २०८२

सारांश

  • बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन्।
  • चुनाव प्रचारको क्रममा डिलासैनी गाउँपालिका-७ को लेक टोलमा झडप भएको हो।
  • घाइते हुनेमा एमालेका २ जना कार्यकर्ता रहेका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् ।  चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो ।

झडपमा एमालेका २ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् ।

उनीहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप