मुस्लिम महिलालाई मतदाता शिक्षा
बुधबार, १३ फागुन २०८२, २२ : ३४
सारांश
- आगामी निर्वाचनलाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा दिइयो।
- महिलाहरूले मतदानबारे ज्ञानको कमीले मत बदर हुने समस्या रहेको बताए।
- कार्यक्रममा सहभागी महिलाहरूलाई मतदानको अभ्यास गराइयो।
बाँके । आसन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा अभिमुखीकरण गरिएको छ । महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१ विर्ता गाउँका मुस्लिम महिलालाई मतदाता शिक्षाबारे अभिमुखीकरण गराएको हो ।
अभिमुखीकरणका सहभागी महिलाहरूले विभिन्न निर्वाचनमा भाग लिए पनि अहिलेसम्म मतदानबारे राम्रो ज्ञान नभएर मत बदर हुने गरेकाले मतदाता शिक्षाको आवश्यकता रहेको बताएका थिए ।
अभिमुखीकरणको सहजीकरण रवीन्द्र ज्ञवालीले गरेका थिए । कार्यक्रममा सहभागी महिलालाई मतदानबारे अभ्यासका लागि नमुना मतदान समेत गराइएको थियो । अभिमुखीकरणमा करिब ६५ मुस्लिम महिलाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण