सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई आयोगले गर्‍याे कारबाही

बिहीबार, १४ फागुन २०८२, १८ : ५१
बिहीबार, १४ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले नेकपाका शक्तिबहादुर बस्नेत, डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।
  • आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
  • कानुन अधिकृत मोहनराज जोशीका अनुसार, स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको हो।

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ। 

आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए। 

आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप