सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

टी–२० विश्वकप: जिम्बाब्वेमाथि भारतको सहज जित

बिहीबार, १४ फागुन २०८२, २२ : ५७
बिहीबार, १४ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपको सुपर ८ मा भारतले जिम्बाब्वेलाई ७२ रनले पराजित गर्यो।
  • भारतले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २५६ रन बनायो।
  • जवाफमा जिम्बाब्वेले ६ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो।

काठमाडौँ। बिहीबार सम्पन्न टी–२० विश्वकपको सुपर ८ चरणको खेलमा भारतले जिम्बाब्वेलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २५६ रनको विशाल योगफल खडा गरेको थियो । भारतको इनिङ्समा अभिषेक शर्माले ३० बलमा ५५ रनको अर्धशतकीय योगदान दिए । त्यस्तै, हार्दिक पाण्ड्याले २३ बलमा अविजित ५० रन र तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाउँदै टोलीलाई विशाल योगफलतर्फ डोर्‍याएका थिए ।

२५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वेले आफ्नो २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५९ बलमा अविजित ९७ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । सिकन्दर राजाले २१ बलमा ३१ रन र टाडिवानाशे मारुमानीले २० बलमा २० रन जोडे ।

यससँगै भारतले खेल ७२ रनले जितेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप