दक्षिण र मध्य गाजामा इजरायली ड्रोन आक्रमण : ६ जनाको मृत्यु
सारांश
- इजरायलको ड्रोन आक्रमणमा गाजाका विभिन्न स्थानमा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
- आक्रमणले मध्यस्थकर्ताको प्रयासलाई कमजोर बनाएको भन्दै हमासले निन्दा गरेको छ।
- इजरायलले युद्धविराम उल्लङ्घन गरेको र मानवीय संकट गहिरिँदै गएको आरोप छ।
गाजा । इजरायलले दक्षिण र मध्य गाजामा गरेको ड्रोन आक्रमणमा कम्तीमा ६ जना प्यालेस्टिनी मारिएका छन् । आक्रमणमा मध्य गाजाको बुरेइज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिस नजिकका दुई प्रहरी चौकीलाई लक्षित गरेको जनाइएको छ ।
शुक्रबार बिहानसम्म जारी आक्रमणको हमासले कडा निन्दा गरेको छ । सो आक्रमणले मध्यस्थकर्ताको प्रयास कमजोर बनाएको हमासको आरोप छ । हमासले अक्टोबर १० देखि लागू गरिएको युद्धविराम चरणलाई इजरायलले प्रायः दैनिक रूपमा उल्लङ्घन गरिरहेको दाबी गरेको छ ।
अल–मवासी क्षेत्रको अल–मसलाख चोकमा रहेको प्रहरी जाँच चौकीमा भएको आक्रमणपछि चार शव र केही घाइते अस्पताल ल्याइएको थियो । केही घाइतेको अवस्था गम्भीर रहेको खान युनिसस्थित नासिर मेडिकल कम्प्लेक्सले जनाएको छ । स्रोतले उक्त स्थान इजरायली सेनाको प्रत्यक्ष नियन्त्रणबाहिर रहेको पनि जनाएको छ ।
यसैगरी मध्य गाजाको बुरेइज शरणार्थी शिविर प्रवेशद्वारमा रहेको प्रहरी चौकीमा भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको र अन्य घाइते भएको बताइएको छ । हमासका प्रवक्ता हजेम कासिमले बमबारीबाट बढ्दो मृत्यु सङ्ख्याले मध्यस्थकर्ताको प्रयासलाई खुला बेवास्ता भएको आरोप लगाएका छन् ।
इजरायलले युद्धको स्वरूप परिवर्तन गरे पनि प्यालेस्टिनीमाथिको आक्रमण निरन्तर जारी राखेको उनले बताए । इजरायली पक्षबाट भने घटनाबारे तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । गाजा क्षेत्रमा जारी द्वन्द्वले मानवीय सङ्कट थप गहिरिँदै गएको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण