प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत झाङबिच भेटवार्ता
सारांश
- चिनियाँ राजदूत झाङ माओमिङ र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भयो।
- भेटमा नेपाल र चीनबीचको सम्बन्ध, विकास आयोजना र आर्थिक सहकार्यबारे छलफल भयो।
- राजदूत झाङले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिए र चीनको सहयोग रहने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबिच भेटघाट भएको हो ।
भेटवार्तामा नेपाल र चीन बिचको द्विपक्षीय सम्बन्धका विविध आयाम र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देश बिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र विद्यमान सहयोगका क्षेत्रहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री कार्की र राजदूत माओमिङबिच नेपालमा सञ्चालित विकास आयोजनाहरू, आर्थिक सहकार्य र दुई देशबिचको साझा चासोका मामिलामा विचार आदान प्रदान भएको मन्त्रालयले जनाएको छ ।
भेटमा चिनियाँ राजदूत झाङले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको विकास र स्थिरतामा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत जनाएको बताइएको छ । भेटमा दुवै पक्षले नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउने सङ्कल्प समेत व्यक्त गरेका छन् ।
फागुन १ गते नेपाल आएका नवनियुक्त राजदूत झाङले आफ्नो कार्यभार सम्हालिसकेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएर शिष्टाचार भेटघाट गर्न लागेका हुन् । बिहीबार उनले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण