रविले चितवनबाट सहकारी ठगेको प्रमाण मागे, पोखरामा पीडितले गगनलाई विज्ञप्ति बुझाए
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको आमसभामा सहकारी ठगीको विषय उठाए।
- उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई सहकारी वचत रकम अपचलनको विषयमा कटाक्ष गरे।
- पोखराको सूर्यदर्शन सहकारी पीडितहरूले थापालाई बचत फिर्ताको लागि ज्ञापनपत्र बुझाए।
पोखरा । देशलाई चुनावले छपक्कै छोपिसकेको छ । नेताहरु आमसभा देखि घरदैलोमा व्यस्त छन् । दलहरुले ठाउँठाउँमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आमसभा गर्यो । सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सहकारी ठगीको प्रसंग उठाए ।
उनले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरे । उनले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गरे ।
‘ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ । चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला,’ उनले भने । संयोग यस्तो भयो कि लामिछानेले थापासँग प्रमाणको खोजी गर्दै गर्दा उनी पक्राउ परेको पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले थापालाई बचत फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको आमसभाका क्रममा सहकारी पीडितहरूले थापालाई भेटेर रकम फिर्ताको पहल गरिदिन आग्रह गरेका हुन् । उनले इमानदार बचतकर्ताको रकम इमानदारिका साथ फिर्ता हुनुपर्ने माग गरे । सरकारमा वा जुनसुकै भूमिकामा रहे पनि सहकारी पीडितको समस्या समाधानका लागि पहल गरिदिन थापालाई आग्रह गरिएको श्रेष्ठले सुनाए ।
‘हामीलाई काँग्रेस, एमाले, माओवादी वा रास्वपा कसले गर्दिएनन् भन्ने पीर होइन । हामीलाई सबैभन्दा ठूलो पीर जसले खाएको हो, उसले फिर्ता गरेन भन्ने हो,’ सहकारीका पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले भने, ‘सहकारीको रकम हिनामिना गर्नेहरू कोही कारागारमा छन् । कोही कोही खुलामञ्चमा भाषण गर्दै हिँडिरहेको र कोही नेता बनेर हिँडिरहेको अवस्था छ ।’
लामिछाने विरुद्धको मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । लामिछानेले सूर्यदर्शन सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको भन्दै उनीविरुद्ध सोही रकमबराबर बिगो माग दाबी गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । विज्ञप्ति बुझेपछि थापाले यसअघि पनि आफूहरु पीडितको पक्षमा रहेको र सँधै संगै रहने प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण