मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा निषेध
सारांश
- सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ।
- निर्वाचनलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा मदिरा निषेध गरिएको छ।
- निर्वाचनलाई स्वच्छ बनाउन ड्रोन उडानमा रोक र निर्वाचन चिह्न प्रयोग गर्न नपाइने भएको छ।
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ ।
निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरणमा निषेध गरिएको हो । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने ध्येयले बिक्री वितरणमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।
“मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न जाने असरलाई मध्यनजर गरी सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यसको बिक्री वितरणका साथै सेवनमा निषेध गरेका छौँ”, उनले भने, “यदि सूचनाको अवज्ञा गरी कुनै पनि गतिविधि भए वा गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेबारे सबैमा जानकारी गराइएको छ ।”
प्रतिनिधिसभा सदस्यको निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सञ्चालन अनुमति लिएका मानवरहित हवाई उपकरण यही फागुन १८ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म लागि उडान नगर्न कार्यालयले सूचना गरेको छ । त्यस्तै प्रशासनले यही फागुन १८ गतेको होली पर्व सामाजिक सद्भाव र भाइचारा सम्बन्ध कायम राख्दै मनाउन अनुरोध गरेको छ ।
त्यसैगरी, कुनै दल, सङ्गठन वा उम्मेदवारको चिह्न वा झण्डाअङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट, झोला नबोक्न पनि प्रशासनले आग्रह गरेको छ । निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न तथा कुनै पनि अवाञ्छित घटना हुन नदिन सबैमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण